बि.स्टार फिल्मस् म्युजिक अवार्ड हुँदै, फर्म खुल्ला



काठमाडौं । पछिल्लो समय नेपाली संगीत अवार्डको बाढी आएको छ। जसले पनि अवार्ड आयोजना गर्ने र बाड्ने प्रक्रिया बढी रहेको छ यसै क्रममा बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीत संगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो । बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३ केहिदिन अघि नै घोषणा भइसकेको थियो र मंगलबारबाट फर्म खुलेको आयोजक संस्थाका अध्यक्ष बिक्रम चौहानले जानकारी दिए ।

अवार्डमा जम्मा ४० बिधा हुनेछन् । जसमा आधुनिक, लोक, लोकपप्, थारु र राष्ट्रिय गीतलाई समेटिएको छ । अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक गर्ने तयारी भएको आयोजक संस्थाले जनाएको छ । यस्तै अवार्ड बितरण असोजको अन्तिम साता गर्ने तयारी भइरहेको छ ।

पछिल्लो समय नेपालमा अवार्ड धेरै भइरहेको समयमा यहि भिडमा बि.स्टार फिल्मस् म्युजिक अवार्ड किन भन्ने प्रश्नमा आयोजक संस्थाका अध्यक्ष चौहान भन्छन्, ‘अवार्ड बिभिन्न संस्थाले गरिरहेको देख्छौं । तर म्युजिक क्षेत्र भन्दा बाहिरका ब्यक्ति तथा संस्था जसले यो क्षेत्रलाई नजिकबाट बुझुन सक्नुहुन्छ उहाँहरुले पनि आयोजना गरेको देख्छौं । बिशेषगरी हामी लामो समयदेखी बिशुद्ध म्युजिक क्षेत्रमा छौं । बि.स्टारबाटै तीनहजार भन्दा बढी म्युजिक भिडिओ निर्माण गरेका छौं । यो हिसाबले पनि हामी कुन गीतसंगीत, भिडिओ अवार्ड पाउन लायक छन् त्यो बुझ्न सक्छौ । अवार्ड निष्पक्ष हुनेछ ।’

मंगलबारबाट फर्म खुल्ला भएसँगै यो समयावधि भदौको अन्तिमसम्म हुनेछ । फर्म अनलाइनबाट पनि सजिलै भर्न सकिनेछ । त्यसका लागी चौहानले सामाजिक सन्जालमार्फत नै अनलाइन फर्म भर्ने तरिकाको बारेमा जानकारी दिइसकेका छन् ।