सबु र रिताको स्वरमा ‘सुन कोशी बग्यो सलल’ (भिडियो)



काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।

दिलिप समन निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । ‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गायक यम बरालले भिडियोको बारेमा बोल्दै टिमलाई नै शुभकामना दिए । उनले नेपाली गीत संगीतको पहिले र अहिलेको अन्तरका बारेमापनि बोलेका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथीहरु नेपाल पुलिसका एआइजी टेक तामाङ, चर्चित गायक कमल खत्री, एसियन म्युजिकका एमडी इश्वर गुरुङ, निर्देशक विभोर पोखरेल लगायतले पनि गीतका बारेका बोल्दै सुनिल र बिनाको कामको तारिफ गरेका थिए ।

निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । गीतको भाव अनुसार एक मेलाको झझल्को दिन्छ यो म्युजिक भिडियोले । सुनिल र बिनाले मेलामा मज्जाले ठुम्का लगाएका छन् । यस भिडियोलाई दिलिपले निर्देशन गरेका हुन्, भने चिफ एसिस्टेन्ट निर्देशन सुनिल बुढाथोकीले गरेका छन् । त्यस्तै रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ, भने नहकुल खड्काको सम्पान रहेको छ ।