राजेशपायलको नयाँ गीतमा एलिशा र उत्तम



काठमाडौँ । गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक गरिएको छ । विकास संगम राईको शब्द तथा बिक्रम राईको संगीत रहेको गीतमा बिसम आचार्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा एलिशा राई र उत्तम राई फिचर्ड छन् । प्रेमकथा बुनिएको भिडियो सौरभ लामाले निर्देशन गरेका हुन् ।

दीप सिकेको नृत्य, हिमाल श्रेष्ठको छायाङ्कन रहेको भिडियो सन्देश शाहले सम्पादन गरेका हुन् । भिडियो साँखु र भक्तपुरको आकर्षक स्थानमा खिचिएको हो । ‘लेखेको भावी मेटिँदैन’ बोलको गीतको सफलतापछि त्यसैको सिक्वेलको रूपमा यो गीत तयार पारिएको हो । भिडियो उत्तम राइको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.