मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै



काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो । दुई चलचित्रमार्फत फरकरुपमा सफलता पाएका अभिनेता भुसालले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ । यी दुवै चलचित्रको प्रचार प्रसारमा उत्तिकै ध्यान दिएका मुकुनलाई यति बेला भ्याई नभ्याई छ। ‘ऐँचो पैँचो’ र ‘गणपति’ को प्रचार प्रसार संगै उनको अर्को चलचित्र ‘उपहार’ यसै साताबाट छायाँकनमा जाने तयारीमा छ। उनि असोजमा छायाँकन हेन तयारीमा रहेको दुई चलचित्रमा अनुबन्धित भई सकेका छन्।

“पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन गरिदियो । यी दुवै चलचित्रमार्फत म भित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ”, अभिनेता भुसालले भने, “रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले दुवै चलचित्रमा काम गर्नुपर्छ ।”

“मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो”, अभिनेता भुसालले भने, “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।”

चलचित्र ‘ऐँचो पैँचो’ मा मुकुन संगै स्वस्तिमा खड्का, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘गणपति’मा मुकुनको साथमा मेनुका प्रधान,कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

मुकुन यसै वर्ष चलचित्र ‘झिङ्गेदाउँ’बाट नेपाल ग्रामिण चलचित्र महोत्सवमा उत्कृस्ट अभिनेताको अवार्ड पनि जित्न सफल भए। उनि पछिल्लो समय व्यस्त र धेरैको रोजाईमा पर्ने अभिनेता बनेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.