नेता मात्र होईन अब त कलाकार पनि जेल चलान हुन थाले


Srijana-Birahi-Thapa

(सेलिब्रेटी नेपाल) ३२ साउन-ठगी मुद्दामा गायिका सिर्जना विहरी थापा जेल चलान भएकी छिन्। काठमाडौं जिल्ला अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि बिहीबार उनलाई सुन्धारास्थित महिला कारागारमा पठाइएको खबर शुक्रबार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। विदेश पठाइदिने तथा आकर्षक ब्याज दिने भन्दै पूजा रायमाझीलाई ३५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। गत ७ साउनमा उनी जुवाखालमा पक्राउ परेकी थिइन्। जुवाका साथै प्रहरीले उनलाई ठगीको मुद्दासमेत दायर गरेको थियो।

 

जुन मुद्दाको थुनछेकको आदेशमा काठमाडौं जिल्ला अदालतले उनीसँग २५ लाख धरौटी मागेको थियो। यसअघि उनै रायमाझीसँगको ढुकुटी विवादमा गायिका थापा पक्राउ परेकी थिइन्। त्यसबेला उनी पैसा बुझाउने सर्तमा छुटेकोमा यसपटक भने प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। पैसा नदिएपछि करिब चार महिना अघि नै रायमाझीले प्रहरीमा उजुरी दिई थापालाई पक्राउ गराएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.