पुजनको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक



काठमाडौं । गायिका पुजन काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत छ ।

गायिका काफ्लेले तीजमा हर्षोल्लासका साथ मनाउनुपर्छ भन्ने भाव व्यक्त गरिएको बताइन् । गीतको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायतका कलाकारले अभिनय गरेका छन् ।

शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।

गीतको भिडियो गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.