फोनिज जापान चौंथो अधिबेशनको तयारीमा

फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित ‘फोनिज आवाज’ स्मारिकाको विमोचन कार्यक्रम एकै साथ गर्ने भएको छ ।



काठमाडौँ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौंथो अधिवेशन तथा फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित ‘फोनिज आवाज’ स्मारिकाको विमोचन कार्यक्रम एकै साथ गर्ने भएको छ । कार्यक्रम ३ सेप्टेम्बर (भदौ १७ गते ) हुनेछ।

नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकल जातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको फोनिज जापानले जनाएको छ । यसैबीज जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाइ फोनिजमा आबद्द गराउने उद्देश्यका साथ सदस्यता आह्वान पनी गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.