काम अनुसार नाम रोमान्स किङ्ग भुवन के सी


Bhuwan-kc-romans
(सेलिब्रेटी नेपाल) ३२ साउन-चलचित्र कुसुमे रुमाल ब्यबसायिक रुपमा निकै नै सफल चलचित्र हो यसै चलचित्र बाट सफल नायकका रुपमा परिचित नायक भूवन के.सी लाई सलोन फिल्म्सले रोमान्स किङ्ग को उपाधि प्रदान गरेको छ। भुवनले अभिनय गरेका सबै जसो चलचित्र रोमान्टिक भएका कारण उनलाई रोमान्स किंगको उपाधि दिएको निर्माता निर्देशक सोभित बस्नेतले कार्यक्रममा बताए। भुवन के सी लाई प्ले ब्वाय पनि भन्ने गरेका छन्। उनि बेला बेलामा विभिन्न नायिका तथा अन्य महिला हरु संगको सम्बन्धको कारण मिडियामा चर्चामा आउने गरेका छन्। कहिले नायिका जिया के सी संग त कहिले श्रीमती शर्मिला डंगोल संग नाम जोडीएर के सी मिडियामा चर्चामा आउने गरेका छन्। भनिन्छ उनलाई नेपाली कलाकार मध्ये सबै भन्दा बढी रोमान्स गर्नेको लिस्टमा पर्दछन्।

चलचित्र ‘एउटा साथी’को मुहुर्त समारोहमा उपस्थित भएका केसीले आफूलाई रोमान्स किङको उपाधी जोगाई राख्न आगामी दिनमा पनि रोमान्टिक चलचित्र मात्रै खेल्ने र बनाउने बताए। ‘यो उपाधीले मलाई अझै जिम्वेवारी सँगै चुनौती पनि थपिदिएको छ,’भुवनले भने। उनले नाम अनुसारको काम गर्न आफु सँधै लागि पर्ने पनि बताए। अभिनेता राजेश हमाललाई दिईएको महानायको उपाधी प्रति व्यङ्ग्य गर्दै भुवनले भने जसको सबै भन्दा धेरै चलचित्र फ्लप हुन्छ उही महानायक? भुवनले राजेशलाई दिईएको महानायकको उपाधीका बारेमा असन्तुष्ती जनाउँदै आएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.