‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा र अभिनेत्री स्वस्तिमा खड्का ‘दुर्गामाता’को अवतारमा



काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रका तीन भिन्न पोस्टर सार्वजनिक गरिएका हुन् ।

चलचित्रको शुक्रबार सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ ।

निर्माण टिमका अनुसार पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरिएको हो । चलचित्रमा मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण भएको छ । आगामी बडा दशैंको फूलपातीबाट चलचित्र प्रदर्शनमा आउने छ ।