मेघाको म्युजिक लन्च पुरानो गीत लाई रि रेकर्ड


Megha-Music
(सेलिब्रेटी नेपाल) ३२ साउन-सम्झना रौनियार उप्रेतीले निर्देशन गरेको पहिलो चलचित्र ‘मेघा’को म्युजिक लन्च गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरि ‘मेघा’ युनिटले सात वटा गीत लन्च गरेको हो।

सार्वजनिक गरिएका गीतहरु विगतका चलचित्रका गीतभन्दा फरक र विशेष रहेका छन्। सातै वटा गीतहरु वरिष्ठ गायक तथा संगीतकार स्वर्गीय गोपाल योञ्जनका रि-रेकर्ड हुन्। रि-रेकर्ड गरिएका मध्ये एउटा गीत भने नयाँ रहेको छ। यसरी ‘मेघा’ले नेपाली चलचित्रको इतिहासमा सम्भवत पहिलो पटक पुराना गीतहरुलाई रि-रेकर्ड गरी चलचित्रमा समावेश गरेको छ। गीत सार्वजनिक पनि गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जनले गरेकी थिइन्। मेघामा नम्रताको अपोजिटमा मनिषा कोइरालाका भाई सिद्धार्थ कोइराला र रेमनदास श्रेष्ठ छन्।

सबस्त इन्टरटेन्मेन्ट व्यानरमा फोटोग्राफर विकास रौनियार कार्यकारी निर्माता रहेको चलचित्रमा गोपाल योञ्जनको संगीत, कमल राईको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.