केकीलाई फकाउदै सलोन

भाद्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय हो’ को तेस्रो गीत रिलिज भएको छ। ‘सपनाको वेडिङ्ग’ बोलको गीतमा सलोन बस्नेत र केकी अधिकारी फिचर्ड छन्। गीतमा शब्द, संगीत तथा स्वर अभिनेता स्वयंम बस्नेतकै सुन्न सकिन्छ।


काठमाडौँ। अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘जय हो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनको नोकझोक देख्न सकिन्छ। सार्वजनिक ‘सपनाको वेडिङ्ग’ बोलको गीतमा शब्द, संगीत तथा स्वर स्वयंम अभिनेता बस्नेतले नै दिएका छन्।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगर अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ।

आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेड समीर खान हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.