‘दान्भी’को छायांकन सुरु, क्लाइमेक्स दृश्यका लागि पूजाको एक्सन

प्रदर्शन मिति तय चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ। अभिनेत्री पूजा शर्माको एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु भएको गरिएको हो। यो चलचित्रमा दर्शकले साउथ र बलिउड चलचित्रको जस्तै एक्सन हेर्न पाउनेछन।


काठमाडौँ । चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ। निर्माण युनिटले काठमाडौँको नैकापमा सेट बनाएर एक्सनको दृश्यबाट चलचित्रको छायांकन सुरु गरेको हो । क्लाइमेक्समा रहने एक्सनका दृश्य अभिनेत्री पूजा शर्माले अभिनय गरिरहेकी छन् । पूजाको एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु भएको निर्देशक रुपेश तामाङले जानकारी दिए ।

चलचित्रमा श्री श्रेष्ठले एक्सन दृश्यको निर्देशन गरिरहेका छन् । हरि लामा घलेको छायांकन रहेको चलचित्रमा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । चलचित्रमा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार हुने चलचित्रमा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

चलचित्र ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने–‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड चलचित्रमा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली चलचित्रमा पनि अब देख्न पाउनुहुनेछ ।’

चलचित्रको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी अभिनेत्री पूजा शर्माले भनिन्, ‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली चलचित्रमा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

चलचित्र ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो चलचित्र आम दर्शकका लागि प्रतीक्षित बनिसकेको छ । चलचित्रमा पूजाको अलवा नायक कुन्साङ बोमजोमले अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.