लोक भाका ‘रत्नपार्क घुम्न जाउँ न यार’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक सुर्यमणि आचार्य,गायिका पार्वती कार्की र गायिका शोभा कुँवरको स्वरमा रहेको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘रत्नपार्क घुम्न जाउँ न यार’ बोलको काठे लोक भाकामा संगीत सुर्यमणि आचार्यको र शब्द भिमसेन खतिवडाको रहेको छ।

प्रदीप सिंह थापाले निर्देशन गरेको भिडियोमा गोबिन्द पाण्डे,युनिषा रेग्मी,दिप शेर्पाली,सन्दीप केसी,लक्ष्मी लामा,स्नेहा तिमल्सिना,बद्रि शाह फिचर्ड छन्। अनिल जिसीले छायाँकन गरेको भिडियोको सम्पादन दिप शेर्पालीले गरेका छन्। भिडियो जीपी इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।