बिक्रमको ‘गर्लफ्रेण्ड छोडें मैंले’ मा पल (भिडियो )



गायक तथा कलाकार बिक्रमजंग शाह र टिका पुनको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गर्लफ्रेण्ड छोडें मैंले’ बोलको गीतमा शब्द तथा संगीत यज्ञ बिकको रहेको छ।

रोमाण्टिक गीतको भिडियोमा मोडल तथा अभिनेता पल शाहका साथमा बिजय पुन, बिष्णु पुन, यानी पुन फिचर्ड छन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीत उद्दार म्युजिक अफिसियल मार्फत सार्वजनिक गरिएको छ । गीतमा केटा साथी र केटी साथी बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका अनि बिछोड पछिको अवस्थालाई चित्रण गरिएको छ । उनीहरुको विछोड पछि पाएको स्वतन्त्रताको भाव प्रष्ट देखिन्छ । विछोड पछि स्वत्रन्त्र भई खुल्ला रमाउन पाइने दर्शाइएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.