मुकुनको ‘गणपति’ को ट्रेलरमा कमेडी र सेन्टिमेन्टस्



काठमाडौं। चलचित्र ‘गणपति’ को ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्मको ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ थप कुतुहलता जगाएको छ । सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने बिबिध परिस्थितिलाई प्रस्तुत गरिएको छ । कमेडी र सेन्टिमेन्ट भरपुर देखिने चलचित्रमा मुुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु,कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन् ।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मण रिजाल,कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा एडिटर बनिष शाह छन् । हरिबहादुर घलेले खिचेको चलचित्रका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ । बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।