सेलिब्रेटी नेपाल डट कम दोस्रो बर्षमा प्रवेश


celebrity-nepal-l
(सेलिब्रेटी नेपाल) ३१ साउन-नेपाली सेलिब्रेटीहरुमा समर्पित रहेर संचालनमा आएको अन लाइन पत्रिका सेलिब्रेटी नेपाल डट कम आज बाट पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ। सेलिब्रेटी नेपालले पहिलो बर्षमा नै पाठकहरुको मन जित्न सफल भएको छ। नेपाली जन मानसमा पर्दामा देखियका व्यक्ति हरु मात्र सेलिब्रेटी हुन् भन्ने एक प्रकारको छाप छ। पर्दामा देखिने मात्र होइन पर्दा पछाडी रहेर पनि उदारणीय काम गरेर समाजमा चिनिने काम गर्ने सबै सेलिब्रेटी हुन्। गायक,कलाकार,मात्रै होइनन चलचित्रको पर्दा पछाडी बाट कार्य गर्ने क्यामेरा म्यान, एरेन्जर, रेकर्डिस्ट, बाध्यबादक, मेक अप आर्टिस्ट जस्ता विभिन्न प्राबिधिक हरु पनि सेलिब्रेटी नै हुन्। यस्तै पर्दा पछाडी रहेका र अघाडी रहेका सबै सेलिब्रेटीको प्रोफाइल समेट्ने र यिनै सेलिब्रेटी हरुको बिभिद गतिबिधि हरु मनोरंजन समाचारका रुपमा प्रस्तुत गर्ने उदेस्यका साथ सेलिब्रेटी नेपाल डट कम अन लाईन म्यागजिनको प्रशारण सुरु गरिएको हो। सेलिब्रेटी नेपाल डट कम मा गायक, संगीतकार, गीतकार, पत्रकार, निर्माता, निर्देशक, क्यामेरा मेन,एरेन्जर,रेकर्डिस्ट, बाध्यबादक, मेक अप आर्टिस्ट, मोडल लगायत सबै विधाका व्यक्ति हरु लाई सेलिब्रेटीको सम्मान दिइन्छ।

सेलिब्रेटी नेपाल डट कम(www.celebritynepal.com) को मुख्य उदेश्य भनेकै नेपाली सेलिब्रेटीलाई अझै माथि उठाउनु र देश बिदेशमा चिनाउनु हो। साथै सेलिब्रेटी प्रति रहेका जनताका नेगेटिभ सोचाई लाई हटायर सेलिब्रेटीका राम्रा पक्ष हरुको बारेमा सबै लाई जानकारी गराउनु हो। पहिलो बर्षमा सहयोग गर्नु हुने सम्पूर्ण सहकर्मी साथीहरु बिज्ञापन दाता सहयोगी सुभेच्छुक एबम सम्पूर्ण सहयोगी हरुलाई धन्यवाद ज्ञापन गर्दछौ अबका दिनहरुमा अझै परिस्कृत एबम परिमार्जन गर्दै पाठक हरुमा अझ रोचक र भरपुर जानकारी तथा मनोरन्जनका गतिबिधि हरु समाबेश गर्दै लाने प्रतिबद्दता ब्यक्त।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.