बिग बजेटमा वान-वे,इन्टरनेसनल मार्केट लाई टार्गेट


(सेलिब्रेटी नेपाल) ३० साउन-चलचित्र निर्माणमा बरिस्ठ तथा सफल निर्माता तथा उनको स्थापित ब्यानर आर. सी. पिक्चर्सको ब्यानरमा निर्माणाधिन चलचित्र वान-वे मा निर्माता राज कुमार राईले प्रविधिको पाटो लाई एकदमै ध्यान दिने भएका छन् नेपाली चलचित्र निर्माणको इतिहासमै पहिलो पटक तिन वटा रेड क्यामेराले खिच्ने भएका छन् तिन वटा क्यामेराले खिच्ने मात्र होइन प्राबिधिक तथा अन्य चलचित्रमा कार्यरत व्यक्ति हरु लाई सातामा एक दिन छुट्टि दिने र छ दिन मात्र काम गराइने भएको छ। निर्माता संघका अध्यक्ष समेत रहेका राज कुमार राईले प्राबिधिक हरु लाई लगातार ३०-३५ दिन सम्म काम गराउदा उनीहरुको मेण्टलि तथा शारीरिक स्वास्थ्य मा नै नकारात्मक असर पुग्ने भएकोले सातामा एक दिन छुट्टि दिने र एक दिन सुटिंग ब्रेक गरिने निर्माता राईले एक भेटमा बताए।
Sirdartha-gurung-mala-subba
भाद्र दोस्रो साता बाट छायांकन सुरु गरिने चलचित्र वान-वे लाई सफल तथा अहिलेका ब्यस्त निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने भएका छन् चलचित्रमा करिश्मा मानन्धर,रबिन तामांग को साथमा नव प्रस्तुति सिदार्थ गुरुङ र माला सुब्बाको मुख्य भूमिका रहने छ।इन्टरनेसनल मार्केट लाई टार्गेट गरि बिग बजेटमा चलचित्रको निर्माण गरिन लागेको निर्माता राईले जानकारी दिए अहिलेको नेपाली चलचित्रमा आएको मन्दी लाई यस चलचित्रले राहत पुग्ने विश्वास निर्माण पक्षको रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.