रामबाबुले गरे चलचित्र ‘डिग्री माइला’ को घोषणा



काठमाडौं। निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को निर्माण तथा निर्देशनको तयारीमा जुटेका छन् । सोमबार चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै आगामी नयाँ वर्ष २०८१ लाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरेका छन्।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण पक्षले कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राईले अभिनय गरेका थिए ।

असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा चलचित्रको छायांकन हुनेछ । चलचित्रको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । कमेडी जनरामा निर्माण हुने चलचित्रले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.