अमेरिकाबाट श्री मोक्तानको कोसेली



काठमाडौँ। श्री मोक्तानको स्वरमा रहेको नयाँ गीतको भिडियो अमेरिकाबाट सार्वजनिक गरिएको छ। ‘कोसेली’ बोलको गीतमा शब्द तथा संगीत असिम थापाको रहेको छ। रोशन अधिकारीले निर्देशन गरेको भिडियोमा रजनी योञ्जन,रोशन अधिकारी र बिनोद खड्का फिचर्ड छन्।

महफुज हुसेनले छायाँकन गरेको भिडियोको सम्पादन रोशन अधिकारीले गरेका हुन्। अमेरिकामा निर्माण गरेको भिडियो स्टाइलिस्ट बनेको छ। भिडियो कोसेली स्टुडियोको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।