‘जय हो’ को अष्ट्रेलिया प्रचार सकेर नेपाल फर्किए सलोन बस्नेत



काठमाडौँ। आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन् । अब उनी नेपालमा चलचित्रको प्रचारको काममा व्यस्त हुनेछन् ।

चलचित्र ‘जय हो’ अष्ट्रेलियाका ४० वटा हलमा एकसाथ रिलिज हुनेछ । त्यहाँका वितरक देव कार्कीसँग मिलेर सलोनले हरेक हलमा चलचित्रको व्यानर समेत राखेका छन् । उनी अष्ट्रेलियाका विभिन्न शहरमा वितरक र निर्मातासँगै पुगेर दर्शकलाई चलचित्रको बारेमा जनाकारी दिएका छन् ।

अष्ट्रेलियाबाट फर्के लगत्तै सलोन अब ‘जय हो’ को प्रचारको लागि देश दौडाहामा निस्कने तयारीमा छन् । टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा सलोनका अलवा केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेडमा समीर खान,निर्माता सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छ्न ।