नेपाली चलचित्रमा काजी लिम्बुको सकृयता


काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका बहुआयमिक ब्यक्तित्व हुन् काजी लिम्बु । चलचित्र, टेलिचलचित्र, बिज्ञापन, बृत्तचित्र, लघु चलचित्र जुनसुकै बिधामा अव्वल काजी लिम्बु निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन । प्रतिभाका धनी काजी लिम्बुको चलचित्र यात्रा राजाधानी काठमाडौँ प्रवेश गरेपछि सुरुवात भयो । गाँउमा पढ्दै गर्दा स्कुलमा वा बिभिन्न चाडपर्वमा स्थानीय कलाकारको खोजी गरी आफ्नै लेखन निर्देशनमा नाटक गर्ने गर्दथे उनको लेखन निर्देशकिय यात्रा त्यहीबाट सुरु भयो ।

कामलाई कामकै रुपमा लिने उनले कहिले सानो ठुलो काम भनेनन् निरन्तर लागिरहे, कहिले चलचित्र ,कहिले टेलिचलचित्र कहिले बृतचित्र कहिले के कहिले के अझ पनि बेफुर्सिदा छन उनी, अहिले उनको सकृयता हेर्दा लाग्छ उनी कामकै लागि जन्मिएका हुन । उनी कहिले सुटिङ्गमा भेटिन्छन् कहिले लेखिरहेका भेटिन्छन् त कहिले सम्पादन गरिरहेका भेटिन्छन्।

नेपाली कथानक चलचित्र ‘आफ्नो मान्छे’ बाट स्थल सहायकको रुपमा उनको चलचित्र यात्राको थालनी भयो । त्यस पछि प्रावधिक हुँदै सहायक् निर्देशक, मुख्य सहायक निर्देशक हुँदै थुप्रै उतार चडावको बावजुद टेलिचलचित्र एवम ठुलो पर्दाको चलचित्र निर्देशक सम्मको परिचय दिलायो । ‘अजम्बरी माया’, ‘आफनोपन’, ‘गौंथली’, ‘जंगे’ मा प्राविधिकको रुपमा काम गरिसके पश्चात उनले ‘नौडाँडापारी’, ‘चित्कार’, ‘रमझम’, ‘समर्पण’,’जेठोकान्छो’,’ग्रहण’, अहंकार जस्ता नेपाली चलचित्रमा सहायक निर्देशक, मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् भने हिन्दी ‘बाप’ र पाकिस्तानी चलचित्र ‘सलाँखे’ मा समेत काम गरेको अनुभव उनी संग छ । थुप्रैे,बिज्ञापन तथा बृतचित्र एवम म्युजिक भिडिया उनले राजेश हमाल देखी युवापुस्ताका पल शाह,केकी अधिकारी,पुष्प खडका, जेविका कार्की, गरिमा शर्मा जस्ता कलाकारलाई कुशल निर्देशन गर्न भ्याइसकेका छन् ।

चलचित्र लेखकको रुपमा पनि उत्तिकै सकृय लिम्बु चलचित्र ‘गोर्खे’, ‘घनचक्कर’, श्री कमल काले तथा लोकन्दीको कथा पटकथा एवम सम्वाद लेखक पनि हुन् ।चलचित्रमा आवश्यक सबै बिषयको प्राविधिक ज्ञान भएका उनी चलचित्र क्षेत्रमा आयोजना हुने जुनसुकै कार्यकर्ममा खोजिने पात्र हुन । बिगत २ दशक देखी चलचित्र क्षेत्रमा सक्रिय लिम्बु चलचित्र ,टेलिचलचित्र, बृतचित्र, बिज्ञापन, लघुचलचित्र, टेलिभिजन कार्यक्रम, रियालिटी शो लगायत श्रव्य दृश्य क्षेत्रका जुनसुकै बिषयको जानकार छन् । हाल उनी आफ्नै लेखन निर्देशनमा चलचित्र निर्माण तयारीमा जुटेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.