‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ सार्वजनिक



काठमाडौँ। दिपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ। ‘पहिलो नम्बर’ मा बोलको सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । यो गीतलाई एसडीले रोमान्टिक शैलीमा तयार पारेका छन् । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको चलचित्रको यो गीतको भिडियोमा आलोक शुक्लाको छायांकन रहेको छ ।

क्लब वर्क क्रियशन प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । बनिष शाहको सम्पादन रहेको को चलचित्र गीतमा कर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । चलचित्रमा कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.