भावना र डेभिडको तीज गीतमा राजेश र मन्जुको छमछमी (भिडियो)



काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा फिचर्ड छन्।

भिडियोमा महानायक हमाल र मोडल मन्जुको केमेस्ट्रि सुहाएको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् । त्यस्तै गरि गायक डेभिडको पहिलो नम्बरमा,दर्शन सलाम जस्ता गीतहरु सफल छन्।

देबेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडिायोको छायांकन उत्सब दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस पटकको तीजमा यो गीतले राम्रै प्रतिक्रिया पाउनेमा निर्माण टिम ढुक्क छन्।