थ्री लभर्स लाई मंगसिर २२ गते बाट भेट्न पाइने



सेलेब्रिटी नेपाल कार्तिक १६-युवा पुस्ताको कथा रहेको थ्री लभर्स मंगसिर २२ गते बाट क्यु प्रणाली अन्तर्गत अल नेपाल रिलिज हुने भयको छ ।बेल्जियम मा रहेका नायक तथा निर्माता देवु श्रेष्ठ यति खेर आफ्नो चलचित्र को रिलिज मिति सार्बजनिक गर्न र चलचित्र प्रचार प्रसारका लागि नेपाल आयका छन् । क्यु प्रणालीबाट प्रदर्शनमा आउन लगेको चलचित्रका निर्देशक सुरेशदर्पण पोख्रेल हुन्। यस अघि निशाना, भूल भए माफ गर र मिस यु लगायतका चलचित्र निर्देशन गरेका पोखरेलका अनुसार चलचित्रमा प्रियंका कार्की, देबु श्रेष्ठ र नीरज बरालको मुख्य भूमिका रहेको छ। चलचित्रमा धीरेन थापा र सुमन गैरे पनि विशेष भूमिकामा रहेका छन्।राजन ईशान र बाबु बोगटीको संगीत रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन तथा हिमाल केसीको द्वन्द् निर्देशन रहेको छ। चलचित्रकी नायिका प्रियंका कार्की यो चलचित्र रिलिज नहुँदै ब्यस्त भइसकेकी उनी अभिनीत पहिलो चलचित्र मेरो बेस्ट फ्रेन्डभन्दा थ्री लभर्स पहिले दर्शकमाझ आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.