सामाजिक कथामा बनेको चलचित्र ‘निरमाया’ को गीत सार्वजनिक



काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को दोश्रो गीत सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ। सार्वजनिक ‘रगत सबको रातो हुन्छ’ बोलको गीतमा स्वर थानेश्वर गौतमको रहेको छ। पूर्णिका कोइरालाको शब्द रचना रहेको गीतमा कमल अधिकारीको संगीत रहेको छ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको सामाजिक चलचित्र ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्।

चलचित्रमा रमेश बुढाथोकी,लय संग्रौला,जे.एन.घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,गोपाल ढकाल,रामबाबु रेग्मी,अनीता केसी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ। रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.