चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक कार्यक्रम (फोटो फिचर)


काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर र कोशीश क्षेत्री र केतन क्षेत्रीको शब्द तथा संगीत रहेको छ।



गीत सार्वजनिक कार्यक्रममा निर्देशक गणेश देव,निर्माता आभा नेपाल कार्यकारी निर्माता नबिन भट्ट कलाकारहरु सुरक्षा भट्टराई,सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित लगायत चलचित्रका टिम साथै बाक्लो संचारकर्मीको उपस्थिति रहेको थियो।
फोटो -सुरेन्द्र थापा