चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक



काठमाडौँ। चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माताद्धय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत चलचित्रको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए ।

टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहले ट्रेलर बनाएका छन्।

चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने छ।