मिस नेवाः नेपाल ट्यालेन्ट राउन्डमा प्रतियोगीले देखाए आफ्नो कला


काठमाडौँ। नेप्लिज फेसन होमले हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायका युवतीहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल आयोजना गर्ने भएको छ। आगामी भाद्र ५ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने यस वर्षको मिस नेवाः नेपाल ११४३ अन्तर्गत ट्यालेन्ट राउन्ड शनिवार दिउँसो राजधानीमा सम्पन्न भएको छ।

ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन,अभिनय, वाक, वासुरी वादन, कविता वाचन, कराँतेलगायतका आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पार्ने कोशिष गरेका थिए। १७औं संस्करणको मिस नेवाः नेपालअन्र्तगतको ट्यालेन्ट शोमा कृष्टी प्रजापति, तुलसी कंसाकार, तिमीला महर्जन, रितीका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गरेका थिए। त्यसै गरी एड्रिना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले बक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुशी डंगोलले नेवारी कविता वाचन, रिद्धीशा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले बक्तृत्व कला प्रदर्शन गरेका थिए।

सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्येश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गरिँदै आएको बताइन्। यस वर्षको मिस नेवाः नेपालमा१७ युवतीले अन्तिम स्पर्धा गर्दैछन्।

नेप्लिज फेसन होमका प्रमूख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्वीन इरिना महर्जन, मिस लिटील नेवाः ११४३ सुजुती डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेन्ड रनर्सअप सेलिना प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अद्रिशा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट राउन्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराँते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, लायन्स क्लब डिस्ट्रिक ३२५ एलका गर्भनर मणी श्रीरत्न बज्राचार्य, नमूना फेसन कलेजका भाईस प्रिन्सिपल जिबेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी सहकारीका अध्यक्ष अधिवत्ता लक्ष्मण महर्जन, बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए। प्रतियोगितामा रोजिन शाक्य मूख्य कोरियोग्राफर रहेका छन् भने मिस नेवाः नेपाल कृषा महर्जन संयोजक रहेकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.