अरुण प्रधानको भोजपुरी गीतको भिडियो सार्वजनिक (भिडियो)



काठमाडौँ। भारतीय गायक सतेन्द्र र नेपाली मुलकी गायिका सुस्मिता सिंहको स्वर रहेको भोजपुरी गीतको भिडियो सार्वजनिक गरिएको छ। चलचित्र निर्देशक समाजका महासचीव तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष निर्देशक अरुण कुमार प्रधानको निर्देशनमा बनेको भोजपुरी गीत ‘कमर लप लप करे’ गीतको म्युजिक भिडियो वेभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । गीतमा शब्द बिरेन्द्र कुमार र संगीत सतेन्द्र जीको रहेको छ।

मोडल तथा गायक दुर्गेस थापा र मेनुका माझी फिचर्ड छन्। भिडियोको छायाँकन बिराटनगरमामा गरिएको हो । भिडियोलाई लुज सिंहले छायांकन गरेका छन् । मिलन बिस्वकर्माको सम्पादन रहेको भिडियोमा लगानी रीता खडकाको रहेको छ । जय हनुमान क्रीयशन फिल्मको व्यानरमा निर्माण भएको ‘कमर लप लप करे’ भिडियोमा स्मार्ट,रामचन्द्र मेहता,आलम जी, रोनक अग्रवाल, चन्दन शाहको पनि अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.