सनिष र ममताको ‘तिम्रो साथमै जिउने चाहाना’ मा शिव र सजल (भिडियो)



सनिष श्रेष्ठ र ममता गुरुङको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। सार्वजनिक ‘तिम्रो साथमै जिउने चाहाना’ बोलको गीतको भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका छन्। सार्वजनिक भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् । सार्वजनिक भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधिर बिशेष भुमिकामा देखिएका छन् ।

आर्ट मुभिजको प्रस्तुनिमा निर्माण भएको भिडियो सुधिर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर संयोजन रहेको छ।