ठाकुरको पहिलो कविता संग्रह ‘तमोर सुसाउँदा’ लोकार्पण



काठमाडौं। कवि ठाकुरप्रसाद खतिवडाको पहिलो कृति ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण गरिएको छ। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो ।

साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख आतित्थ्यतामा सार्वजनिक संग्रहमा कवि खतिवडाले बाल्यकालदेखिको स्मृति, देशको वास्तविक अवस्था, राजनीतिक परिवर्तन लगायतका समसामयीक विषयमाथि कलम चलाएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार भण्डारीले सरल भाषामा लिपिवद्ध कविता संग्रहमा नेपाली समाज र समाज भित्रका अनेकन आयामलाई लेखकले समावेश गरिएकाले पुस्तक ‘तमोर सुसाउँदा’ पाठकका लागि उत्कृष्ट हुन सक्ने बताए । उनले कविता संग्रहमा पारिवारिक विषयलाई प्राथमिकता दिएपनि त्यसमा भावनात्मक विम्ब पोखिएको र त्यसले पाठकको मन जित्न सक्ने बताए।

‘आफूले देशको विकृती विसंगती तथा आफ्नो जन्म गाउँको विषयमा केही न केही गर्न इच्छा भएकै कारण पुस्तक प्रकाशन गरेको हुँ, लेखक खतिवडाले भने । कक्षा ५ सम्मको औपचारिक अध्ययन गरेका लेखक खतिवडाले पुस्तकमा आफूलाई डिग्री हाँसिल गरे बराबर प्रस्तुत गर्न सकेको प्रतिक्रिया पाएको र जीवनमा एक नयाँ सन्तानको जन्म गराएको अनुभूत भइरहेको भन्दै खुसी व्यक्त गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.