रामकृष्णकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक(भिडियो)



काठमाडौँ। गायक रामकृष्ण ढकालकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द हिमाँशु रायमाझी ‘गाेधुली’काे रहेकाे छ। संगीत राम सिटाैलाले भरेका छन् भने संगीत सँयाेजन विश्व अधिकारीकाे रहेकाे छ। दिलिप समनद्वारा निर्देशित भिडियाेमा प्रज्वल जङ्ग कार्की, अनिमा बिश्वकर्मा र रितेश ढकालकाे अभिनय रहेको छ ।

समिप ईन्टरटेन्मेन्टकाे प्रस्तुतीमा बनेको भिडियोलाई मिलन शंकरले खिचेका हुन् भने भिडियाे सम्पादन फराज अर्पणकाे रहेकाे छ। गीतमा युगल जोडी बिच हुने प्रेम र बिछाेडकाे कथा देखाईएकाे छ।