‘हामी तीन भाई’ को छायाँकन सुरु



काठमाडौंँ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हामी तीन भाई’ को छायाँकन सुरु गरिएको छ । चलचित्रको मकवानपुर जिल्लाको चित्लाङ्गबाट छायाँकन थालिएको हो । विनोद न्यौपाने, कुशल विष्ट र जाहन्वी बस्नेतको मुख्य भूमिका रहने चलचित्रको कथा निर्देशक भट्टराई र पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । यसअघि निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’नामबाट चलचित्र बनाएका थिए ।

प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्रमा विनोद, कुशल र जाहन्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माता विक्रम तामाङ हुन् । त्रिरत्न श्रेष्ठ निर्माता रहेको चलचित्रको सह–निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत चलचित्रमा रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.