‘कार्साङ’ मा दयाहाङ र सुरक्षा शीर्ष भूमिकामा



काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रमा मुख्य अभिनेताका रुपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नव-नायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् ।

यार्सा फिल्मसको ब्यानरमा शेर्पा जातिको सामाजिक कथावस्तुमा यो फिल्म निर्माण हुन लागेको हो । चलचित्रमा अभिनेत्री सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । चलचित्रमा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा यस फिल्मको छायाकंन गरिने निर्माण पक्षले बताएको छ ।