महेन्द्रकुमारको तीज गीत ‘राधा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। महेन्द्रकुमार मल्लको मौलिक तीज गीत ‘राधा’ सार्वजनिक गरिएको छ। मंगलबार सुर्खेत बहुमुखी क्याम्पसमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो। मल्लले युवतीको युवासुलभ भावनामा आधारित रहेर लेखेको गीतमा गायिका अनु चौधरीको स्वर छ।

भाषा तथा साहित्यमा विद्यावारिधी गरेका मल्लले युवती हुर्किंदै गर्दाको जीवनमा आएको परिवर्तनको विषय, बिहे पश्चात माइतीको सम्झना लगायतका भावना सम्बोधन गरेर गीत लेखेका छन्। ‘राधा’ तीज गीत सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा छायांकन गरिएको हो। गीतमा शिव संगीतले संगीत भरेका छन्।

कुलमान नेपालीले निर्देशन गरेको भिडियोमा दीपा शाही फिचर्ड छिन्। अर्जुन सापकोटाले छायांकन गरेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।