अञ्जु पन्तको ‘तिम्रो सुन्दर रूप’मा छोरी परितोषिका (भिडियो)



काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् ।

प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा परितोषिका र विक्रमको केमेस्ट्री गजबले जमेको छ । परितोषिका गायिका अञ्जु पन्तको छोरी हुन् । आमा अञ्जुकै गीतमार्फत मोडलिङ सुरु गरेकी परितोषिकाको यो पछिल्लो भिडियो हो ।

अहिले आएर उनी आमासँगैसँगै मोडलिङमा जम्दै आएकी छन् । ‘तिम्रो सुन्दर रूप’ गीतको शब्द थिर कोइरालाले गरेका हुन् । त्यसैले पनि गीतमा पारिवारिक प्रेमभाव समेत झल्किएको छ । नवीन कार्कीको सङ्गीत रहेको यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो अञ्जु पन्त अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।