चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक



काठमाडौँ। अर्पण गिरी (अरमान जंग) को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

चलचित्रको सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङको संगीत रहेको छ । गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

आगामी दशैंको घटस्थापना अर्थात् असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.