सस्पेन्स थ्रिलर चलचित्र ‘अदृश्य’



काठमाडौं। आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए ।

चलचित्रका निर्माता तथा निर्देशक काफ्ले ‘अदृश्य’ एउटा उत्कृष्ट सिनेमा बनेको दाबी गर्छन् । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफुले डेव्यु निर्देशकिय सिनेमा राम्रो बनाउन सकेको बताउँछन् । चलचित्रको पहिले नाम ‘ए’ राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिर्वतन गरिएको बताए ।

चलचित्रका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि सिनेमा राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवी गिरी जस्ता अग्रज कलाकासँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा सवैले हेरेर सहयोग गरिदिन आग्रह गरे ।

चलचित्रकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले रिलिजको ४ दिन अगाडी गरिएको पत्रकार भेटघाटले पनि दर्शकलाई चलचित्रको बारेमा धेरै कुरा जान्ने अवसर मिलेकाले पनि हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले यो सिनेमाबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह-निर्माता हुन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.