अजेषको ‘जे छु ठिकै छु’ मा अनिषा



काठमाडौँ। गायक अजेष पौडेलले नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जे छु ठिकै छु’ बोलको गीतमा अजेश आफैले अभिनय गरेका छन्। उनलाई अभिनयमा मोडल अनिषा ओलीले साथदिएकी छन्। यस अघि गायक अजेशले ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरेका थिए।

सार्वजनिक गीतमा डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग, विकास दाहालको सम्पादन, अनिल कटवालको छायाङ्कन रहेको छ। माया प्रेम र बिछोडको समिश्रणका साथ तयार भएको गीतको भिडियो उत्कृष्ट बनेको छ। भिडियोमा अजेष र अनिषालाई अशोक भुजेलले निर्देशन गरेका हुन्।