‘मिस यूनिभर्स नेपाल २०२३’ सँग कान्तिपुर डेन्टल हस्पिटलको सहकार्य



काठमाडौँ। सौन्दर्य प्रतियोगीता ‘मिस यूनिभर्स नेपाल २०२३’सँग कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल’ को सहकार्य भएको छ । डेन्टल पार्टनरको रुपमा अस्पताल संग सहकार्य भएको हो ।

उमंगा क्रियशन प्रा.लि र कान्तिपुर कलेज एण्ड डेन्टल हस्पिटलविच लिखित संझौता भएको छ । हस्पिटलका प्रमुख डाक्टर बुद्धिमान श्रेष्ठ र उमंगा क्रियशनबिच संझौता भएको हो । संझौता कार्यक्रममा उमंगा क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारी, राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ, ‘मिस यूनिभर्स नेपाल २०२२’ कि बिजेता सोफिया भुजेल लगायत उपस्थित थिए ।

संझौता अनुसार, अब ‘मिस यूनिभर्स नेपाल’का प्रतिस्पर्धीहरुले अस्पतालको बिषयमा आम मानिसहरुलाई जानकारी गराउनेछन् । साथै, अस्पतालमा अब प्रतिस्पर्धीहरुको दातको चेकअप हुनेछ । साथै, विजेताहरुलाई सर्जरीको सुविधा समेत कलेजले दिने सहमति भएको छ ।