टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा



काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण असोज तेस्रो साताबाट गरिने छ । टेलिभिजन रियालिटी शो ‘महागफाडी’लाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् ।

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजन कम्पनीले दिएको छ । तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । निर्माण कम्पनिका अनुसार सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफुलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ ।

यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ । फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिनेछ, भने पहिलो वर्ल्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्मस्ले दिएको छ ।

दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा ‘माई पे’ रहेको छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोकको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन् । चाँडै ‘महागफाडी’ प्रसारण हुने टेलिभिजन च्यानल र डिजिटल पार्टनर सार्वजनिक गर्ने तयारी आयोजकको छ ।

‘महागफाडी’को निर्णायक मण्डलमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । अभिनयबाट गुमनाम रहेका कामेश्वर यही शोबाट टेलिभिजनको पर्दामा देखिँदैछन् ।

‘महागफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।

टेलिभिजन रियालिटी शो ‘महागफाडी’को प्रोजेक्ट हेटमा दिपक आरजे, प्रोजेक्ट म्यानेजरमा समिर खरेल, क्रियटिभ हेजमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डिओपी निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.