सारुक ताम्राकारको मोबाइल परीक्षण गर्दा नयाँ रहस्य खुल्यो



काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।

सारुकको कुनै ‘सुसाइड नोट’ प्रहरीले नभेटेकाले यो घटनालाई लिएर विभिन्न संशयहरु थिए । तर, उनको मोबाइलको फरेन्सिक ल्याब परीक्षणले घटनालाई नयाँ ट्विस्ट दिएको छ । मोबाइलको नोटप्याडमा सारुकको ‘सुसाइड नोट’ फेला परेको छ, जसमा उनले कसैलाई पनि आरोपित गर्न चाहेका छैनन् ।

३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ मा मृत भेटिएका थिए । प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । सारुकले चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.