विद्या राज र लोचनको तीज गीत ‘कसो गरूँ’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक विद्या राज शिवाकोटी र गायिका लोचन भट्टराईको स्वरमा रहेको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कसो गरूँ’बोलको गीतमा विद्या राज शिवाकोटीको शब्द तथा संगीत रहेको छ। उत्तम अधिकारीको निर्देशनमा बनेको भिडियोमा मिस पवि,सरोज पोखरेल,लिला केसी,सम्राट चौलागाईं,अफ्सना लामा उमा दाहाल,सुरज ठकुरीको अभिनय रहेको छ। भिडियोमा रणधीर श्रेष्ठको सम्पादन र छायाँकन रहेको छ। भिडियो सी टिभी नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।