‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला



काठमाडौँ। उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ। काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस यूनिभर्स फ्रान्चाइजी अन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगीताको चौथो संस्करण हो । कार्यक्रममा उमंगा क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारी र राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले विश्वभर आफ्नो खुबी प्रस्तुत गर्ने नयाँ अवसर आएको बताएका थिए ।

‘मिस यूनिभर्स नेपाल’मा सहभागी हुन चाहने प्रतियोगीको उचाई र तौलको मापदण्ड गरिएको छैन । यस्तै, यो प्रतियोगीतामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्नेछन् ।

‘मिस यूनिभर्स नेपाल २०२३’को विजेताले ‘७२ औं मिस यूनिभर्स’को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यो प्रतियोगीतामा सहभागीता जनाउनका लागि मिस यूनिभर्सको वेवसाइटमा गएर वा खल्ती एप प्रयोग गरि आफ्नो नाम दर्ता गर्न सकिनेछ ।

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन् । ४ अगष्टमा आयोजकले क्वाटरफाइनलको घोषणा गर्नेछ । यस्तै, १४ अगष्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ । मिस यूनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ । सेप्टेम्बर ८ मा ‘मिस यूनिभर्स नेपाल २०२३’को घोषणा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन् । विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’मा नेपालको प्रतिनिधीत्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगीताको ताज जित्ने अवसर पाउनेछन् ।

मुख्य उपाधिसँगै ‘मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल ब्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस’ विधामा पनि प्रतियोगीहरुलाई पुरस्कृत गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.