प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ कार्तिक ३ मा



काठमाडौँ। पटक पटक प्रदर्शन सर्दै आएको चलचित्र ‘परदेशी २’ आगामी दशैंको अवसर पारेर कार्तिक ३ गतबाट प्रदर्शनमा आउने भएको छ । गत बर्ष दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रको प्रदर्शन रोकिएको थियो। केहि दिन अघि म्युजिक डट कमको अफिसियल यु ट्युब च्यानलमा चलचित्रको प्रोमो अपलोड गर्दै चलचित्र कार्तिक ३ गतेबाट प्रदर्शनमा आउने भनिएको छ।

राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्रको कथा रमेश बि.जीले लेखेका हुन् । नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्रमा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतको अभिनय रहेको छ ।

बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.