‘द नेशनल डिजाईनर रनवे २०२३’ को उपाधी सरुले हात पारिन्



काठमाडौँ । उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ग्रीष्मकालीन संस्करणको उक्त रनवेमा निर्णायक तथा दर्शकहरुको पहिलो रोजाईमा परेको सुवेदीको उत्कृष्ट सिर्जनाले उनलाई विजेताको प्रतिष्ठित उपाधि दिलायो ।

प्रतिभाशाली तथा उदीयमान डिजाईनरहरुले आफ्नो रचनात्मकता र अद्वितीय शिल्प कौशलद्वारा र्‍याम्पमा उत्रिएका मोडलहरूमार्फत दर्शकहरुलाई चकित पारिरहँदा आफ्नो उत्कृष्ट डिजाइनले निर्णायकहरू र सहभागीहरूबाट समान रूपमा प्रशंसा बटुल्दै नमुना कलेजकी रफिना महर्जनले फर्स्ट रनर अपको उपाधी आफ्नो बनाईन ।

देशका प्रतिभाशाली फेशन डिजाइनरहरूले आफ्ना उत्कृष्ट ग्रीष्मकालीन परम्परागत ड्रेसहरुलाई नवीन शैलीमा संयोजन गर्दै नेपाली फेसन पारखीहरुको निम्ति ‘द नेशनल डिजाईनर रनवे’ मा असाधारण दृश्य प्रस्तुत गरेका थिए। रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक रहेका थिए।

कार्यक्रमले उदीयमान डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दै आएको छ । उत्कृष्ट मोडलहरुको उत्साहजनक प्रस्तुतीमा प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर रनवे’ ले नेपालको फेसन परिदृश्यमा चिरकालीन छाप छड्न सफल रहेको आयोजक संस्थाकी अध्यक्ष स्वस्ती दंगालले जनाएकी छिन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.