‘माइत जाने हो’ भन्दै सुबोध,बिजय, विना र आभा (भिडियो)



काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यसै क्रममा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ ।

निर्माण टिमले मंगलबार गीतको भिडियो यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत संयोजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ।

विजय गुरुङले निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापा फिचर्ड छन् । प्रकाश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो रिज्योना कार्की अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.