श्रेयसी चेम्जोङको स्वरमा ‘आमा मेरी आमा ’ सार्वजनिक (भिडियो)



काठमाडौं। श्रेयसी चेम्जोङको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार दिलिप योञ्जन तामाङको शब्द रचना रहेको गीतमा राजेश थापाको संगीत र राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको गीतकार योञ्जनले बताए ।

मनमा पिडा र वेदना भएपनी आमा पछीको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसाथ जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ । सार्वजनिक भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जन फिचर्ड छन् ।