लोकप्रिय संचारकर्मी नरेश भट्टराईको ‘मनै तिम्रो’ सार्वजनिक



काठमाडौँ। संचारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्द रचनामा नयाँ गीत सार्वजनिक गरिएको छ। ३०० भन्दा बढी गीत रचना गरि सकेका नरेशको शब्द रचना रहेको ‘मनै तिम्रो’ बोलको गीतमा श्रीला सापकोटाको स्वर र बद्री सेवाको संगीत रहेको छ। महेन्द्र कुमारको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्। निसल पौडेलले छायाँकन गरेको भिडियो नरेश भट्टराई अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

पहिलो गीत भएकोले यो लिरिकल भिडियो सार्वजनिक गरिएको र अब प्रोफेसनल भिडियो सार्वजनिक गरिने पनि नरेश
ले बताए। पछिल्लो समय नरेश भट्टराई विभिन्न रियालिटी शोहरुको होस्ट गर्नमा ब्यस्त छन्। केहि समयको फुर्सद निकालेर नयाँ नयाँ गीत सार्वजनिक गर्ने उनको योजना रहेको छ।

नव गायिका सापकोटा काठमाडौँ युनिभर्सिटीमा कम्प्युटर इञ्जिनियरिङ्ग ब्याचलर गरि रहेकी छन्। मिठो स्वरको धनि सापकोटाको प्रतिभालाई चिनेर नरेश भट्टराईले उनलाई मौका दिएका हुन् उनलाई अन्य दुई वटामा गीतमा पनि असवर दिने नरेशले बताए । नरेशले नव प्रतिभालाई यो क्षेत्रमा आउन संधै प्रोत्साहन गर्दै आएका छन्। उनि संगीतकी बिद्यार्थी हुन्, सनुप पौडेलको चेली सापकोटाले कलेजका विभिन्न कार्यक्रममा पनि गाउने गरेकी छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.