‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ शिर्ष उपाधि संयकलाई



काठमाडौंँ । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली बालबालिकाले दुई शिर्ष सहित ५ उपाधि नेपाल भित्र्याउन सफल भएका छन् । फिलिपिन्सको राजधानी मनिलामा हालै सम्पन्न प्रतियोगीतामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शिर्ष उपाधि जित्दा लावेन लिम्बुले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’को शिर्ष उपाधि हात पारिन् । यहि प्रतियोगीता अन्तर्गत दर्शना संग्रौला फष्ट रनरअप भएकी छन् ।

त्यस्तै सोकी कार्यक्रममा आयोजित ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा रिदिमा नेपाल फष्ट रनर अफ उपाधि जित्दा प्रतियोगीतामा श्रृजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेशनल’ सवटाइटल प्राप्त गरिन् । प्रतियोगीतामा सहभागी सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका बिभिन्न सौन्दर्य प्रतियोगीताका विजेता रहेका थिए । उनीहरुलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजु आफैले लिएर सहभागी थिए । प्रतियोगीतामा थुप्रै देशको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा नेपाली बालबालिकाले प्राप्त गरेको उपाधि नेपालको लागि ठुलो उपलब्धि भएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए ।‘प्रतियोगीतामा सहभागीले नेपालका बिभिन्न कल्चर, भेषभुसा चिनाउनुको साथै उपाधिले नेपालको नाम पनि उचो बनाएका छन्’, फैजुले थपे ‘यस्ता बालबालिकालाई राज्यले पनि प्रोत्सन गर्नुपर्छ ।’ प्रतियोगीतामा संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको प्रवद्र्धन समेत कार्यक्रमबाट भएको फैजुको धारणा रहेको छ ।

सबै प्रतियोगी तीन महिने विभिन्न प्रशिक्षणसहित प्रतियोगीमा सहभागी भएका थिए । जसमा फैजुले ग्रमिङ, नृत्य निर्देशक संयुक्त स्थापितले नृत्य र फेसन डिजाइनर श्रीषा बैदारले फेसन सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रतियोगी कार्यक्रममा फेसन डिजाइनर श्रीषा बैदारले तयार गरेको पहिरनमा सजिएका थिए । विजेता सबै बालबालिका आइतबार साँझ नेपाल फर्किएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.